जापानको अपार्टमेन्टमा आगलागी : चार जनाको मृत्य , चार जनाको उपचार हुँदै

टोक्यो । जापानको पश्चिमी सहर कोबे अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चारजनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् ।

तीन तले अपार्टमेन्टको पहिलो तलामा आगो लाग्दा जनधनको क्षती भएको हो । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए ।

आगलागीबाट चार जनाको शव निकालिएको छ भने घाइते भएका अन्य चार जनालाई अस्पताल पुर्‍याएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।

सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ । आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक भैसकेको छैन ।

कमेन्ट गर्नुहोस्