काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा अमेरिकी न्याय विभागले छापा मारेको छ ।
बाइडेनको डेलावेरको वेलमिङटनस्थित घरमा छापा मार्दा ६ वटा वर्गीकरण चिन्ह सहितका कागजातहरू अमेरिकी न्याय विभागका अधिकारीहरूले जफत गरेका हुन् ।
गत शुक्रबार विलमिङ्टनस्थित उनको अर्को घरबाट पनि यस्तै केही दस्तावेज फेला परेको थियो । यी दस्तावेजहरू बाइडेन उपराष्ट्रपति र सिनेटर भएको समयको भएको बताइएको छ ।
रोयटर्सका अनुसार गोप्य दस्ताबेज जफत भएको बाइडेनका वकिल बोब बाउरले पुष्टि गरेका छन् । डेलावेर क्षेत्रबाट बाइडेन सन १९७३ देखि २००९ सम्म सेनिटर भएका थिए । उक्त घरबाट ओबामा कालमा उपराष्ट्रपति हुँदाका २००९ देखि २०१७ सम्मका गोप्य दस्ताबेज पनि भेटिएको बताइएको छ ।
शुक्रवार अमेरिकी न्याय विभागका अधिकारीहरूले १३ घण्टा खानतलासी गरेर गोप्य दस्ताबेज जफत गरेका हुन् ।यी कागजातहरु बाइडेन र उनको टोलीले ओबामा युगको वर्गीकृत कागजातहरू कसरी ह्यान्डल गरे भनेर अनुसन्धान गर्न जफत गरिएको हो ।