बङ्गलादेशले फेब्रुअरी २३ मा नयाँ राष्ट्रपति चुन्ने

काठमाडौं । बङ्गलादेशले फेब्रुअरी २३ मा नयाँ राष्ट्रपति चुन्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।आयोगका सचिव मोहम्मद जहाँगीर आलमका अनुसार आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।

बङ्गलादेशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ । जसका कारण वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन मिल्दैन ।

हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ। राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले बताए।

कमेन्ट गर्नुहोस्