राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

“नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,” कांग्रेसका पूर्वमहामन्त्री डा।शशांक कोइरालाले भने, “उमेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उमेदवारी भने दिन्छौँ ।”

कमेन्ट गर्नुहोस्