गण्डकीका मुख्यमन्त्री अधिकारीले भेट प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गण्डकी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाटका विषयमा छलफल भएको हो ।

प्रदेश सरकार छरितो र मितव्ययी बनाउने साथै प्रदेशलाई प्रभावकारी र बलियो बनाउने विषयमा पनि छलफल भएको स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्