प्रधानमन्त्री र लुम्बिनी प्रदेश प्रमुखबीच बधाई साटासाट

काठमाडौ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न शेरचन मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

उनीहरुबीच बधाई तथा शुभकामना आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै, समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको छ।

कमेन्ट गर्नुहोस्