काठमाडौं। प्रतिनिधि सभाको अर्को बैठक माघ १८ गते बुधबार बस्ने भएको छ। मंगलबारको बैठकपछि सभामुख देवराज घिमिरे अर्को बैठक माघ १८ गते बुधबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।
त्यसैगरी, राष्ट्रिय सभाको अर्को बैठक माघ १३ गते बस्ने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार अर्को बैठक माघ १३ गते शुक्रबार अपराह्न ३ः५९ बजे बस्ने छ।