काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अशोभनीय र त्रुटिपूर्ण रुपमा परिक्षा तालिका सार्वजनिक गरेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थी आन्दोलित भएका छन् ।
सामान्यतया त्रिविले परिक्षा फारम भरेको ३५ दिन पछि परिक्षा गर्ने गरेको भएपनि यो पटक परिक्षा फारम भर्ने अन्तिम मितिको तीन दिन पछिबाट परिक्षा गर्ने गरी तालिका सार्वजनिक गरेपछि विद्यार्थी आन्दोतिल भएका हुन् ।
विद्यार्थीहरुले परिक्षा नियन्त्रण कार्यालय त्रिविमा उपस्थित भएर उक्त निर्यण त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेका छन् ।
तेस्तै फारमको मिति सकिए लगत्तै परिक्षा गर्ने गरी परिक्षा तालिका सार्वजनिक गर्नू अव्यावहारिक भएको अखिल(क्रान्तिकारी) त्रि चन्द्र क्याम्पस कमिटीले जनाएको छ ।
क्याम्पस कमिटीका अध्यक्ष प्रदीप भण्डारीले एक विज्ञप्ती जारी गर्दै त्रिविको उक्त निर्णय सच्याउन माग गरेका छन् ।
विद्यार्थील परिक्षा दिएको २० महिनासम्म पनि परिक्षा फल सार्वजनिक गर्न नसक्ने त्रिविले गैरजिम्मेवार निर्णय गरेको भन्दै तत्काल सच्याउन माग गरेको हो ।
साथै, उक्त निर्णय तत्काल नसच्याए क्रान्तिकारीले आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।