आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारका क्रममा मृत्यु

काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।

याे पनि पढ्नुस  आफैलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लेखेका थिए ‘सुसाइड नोट’ (नोट सहित)

मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि इलामका ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।

याे पनि पढ्नुस  आफैलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लेखेका थिए ‘सुसाइड नोट’ (नोट सहित)

आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो ।

कमेन्ट गर्नुहोस्