काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौलसमूहमा फाइनलमा पुगेकोमा आफु खुसी व्यक्त गरेका छन् ।
यसले नेपाल र नेपालीको गौरव बढाएको प्रधानमन्त्री प्रचण्डले बताए । साथै, उनले आज हुने फाइनल खेलमा विजय बन्ने शुभकामना व्यक्त गरेका छन् ।
फाइनलमा पुग्दै इतिहास रचेकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन्।
सुष्माले भनिन्, ‘उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ दुवै खेल छिन् । मैले उनको खेल नियालेकी छु । म पनि अगाडि बढेर बूद्धिमानीपूर्वक खेल्ने स्ट्रेटेजी बनाएकी छु ।’
सुष्माले बुधबार उज्वेकिस्तानकी खेलाडीसंग फाइनल खेल्ने छिन् ।