नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।

यसअघि, गएको पुस २२ गते अदालतले आजका लागि पेसी स्थगित नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्