राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थ वसन्त श्रवणमा सहभागी (तस्बिर सहित)

काठमाडौं । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन (आज) काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा कार्यक्रम भएको छ ।  कार्यक्रममा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्य सहभागी भए ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा राष्ट्रपतिका साथै उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायत सहभागी हुने प्रचलन छ ।

वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपति सहित उच्च पदस्थहरु उपस्थिति हुन थालेको हो ।

तस्बिर : प्रदीपराज वन्त (प्रधानमन्त्री सचिवालय )

कमेन्ट गर्नुहोस्