काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा राष्ट्रपति राष्ट्रिय सहमतीमा छान्नुपर्ने धारणा बलियो बन्दै गएको छ । बिहीबार दिउँसो बसेको पार्टीको स्थायी समिति बैठकमा अधिकांस नेताहरुले राष्ट्रपति छान्दा कुनै पनि पार्टीलाई ‘बाइपास’ गर्न नहुने धारणा राखेका थिए ।
पार्टीको बैठकमा राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताइएको छ । कुनै पार्टीविशेषलाई बाइपास गरेर राष्ट्रपति छान्ने कुरा ठिक नहुने र यसबारे छलफल भएको पार्टीका सचिव देवेन्द्र पौडेलले बताए ।
भारतका १९औं राष्ट्रपति अब्दुल कलामको उदाहरण दिँदै उनले राष्ट्रपतिमा सबैको सहमतिमा बन्नुपर्ने र भारतमा अब्दुल कलामलाई सबैको सहमतिमा राष्ट्रपति बनाइए जसरी यहाँ पनि सबैको समर्थनमा साझा राष्ट्रपति बनाउने उनले बताए । राष्ट्रपति सम्मानित पद भएकोले राष्ट्रपतिमा लुछाचुँडी गर्न नहुने लमाओवादीको बुझाइ छ ।
यो पद राष्ट्राध्यक्ष भएकाले यसमा अनावश्यक बहस नगरीकन सम्मानित र सबैले स्वीकार्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने माओवादी नेताहरुले बताउँदै आएका छन् ।