गृहमन्त्रीसँग बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)बीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

लामिछाने गृहमन्त्री बनेपछि पटक पटक भेट्न ताकेता गरेका मेयर बालेन बिहीबार सुकुम्बासी समस्या लिएर गृहमन्त्रीलाई भेट्न सिंहदरबारस्थित उनकै मन्त्रालयमा पुगेका हुन् ।

भेटमा मेयर बालेनले गृहमन्त्री लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । भेटमा मेयर बालेनले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउँदा जाँदा घटेको घटनाबारे पनि स्मरण गराएका थिए ।

मेयर बालेनले सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेपछि कानुनसम्मत हो भने आफू सहयोग गर्न तयार रहेको गृहमन्त्री लामिछानेले जावफ दिएका थिए । पछि उत्पन्न हुन सक्ने परिस्थिति नै नहेरी एकैपटक सुकुम्बासी हटाउन नहुने पनि गृहमन्त्री लामिछानेको सुझाव थियो ।

गृहमन्त्री लामिछानेलाई भेट्न मेयर बालेनसहित एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली दिउँसो १२ बजे गृह मन्त्रालय पुगेको थियो ।

कमेन्ट गर्नुहोस्