ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

काठमाडौं । पर्सामा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको जिरा भवानी गाउँपालिका १ चम्रीमा हिजो बेलुकी ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्साकै जगरनाथपुर गाउँपालिका ५ का २५ वर्षीय विजय मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा मुखियाको बेलुकी साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी साढे ७ बजे ना ३ त २२८७ नम्बरको ट्याक्टरबाट खसेका मुखियालाई सोही ट्याक्टरले किचेको थियो । ट्याक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्