काठमाडौं । रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन्।आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज कार्यालयमा आउने जानकारी आएको छ।
लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले रबिले २०५०/११/१० गते काठमाडौं जिल्ला प्रसासनबाट लिएको नागरिकता त्यागीसकेको कारण सोही नागरिकताबाट गरिएका सम्पूर्ण अतिविधि अवेध ठहर गरेको थियो ।
फलतः लामिछानेको मन्त्री सांसद , पार्टीको पद सहित सबै भूमिका बदर भएको थियो।
लामिछानेले अमेरिकाको पीआर लिएसँगै निष्कृय भएको भएपनि सोही नागरिकताबाट अन्य गतिबिधि गर्दै आएका थिए । सर्वोचको फैसलासँगै उनको सो नागरिकताबाट गरिएका सबै काम अवैध भएका छन् ।
लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। यी सबै पदमा उनी अहिले छैनन्।
लामिछानेले सर्वोच्चको आदेश स्वीकार गर्ने प्रतिक्रिया दिएका थिए।