अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

काठमाडौं । अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

वृद्धामाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स अस्मिता पाण्डे पक्राउ परेकी छिन् ।

अष्ट्रेलियन समाचार एजेन्सी नाइन न्युजका अनुसार इपिङ शहरमा रहेको वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत पाण्डे वृद्धामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी हुन् ।

पीडित वृद्धाकी छोरीले नर्स पाण्डेमाथि आक्रोश पोखेकी थिइन् ।

कमेन्ट गर्नुहोस्