माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिलाई सर्‍यो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक एक दिन पछि सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक भोलिका लागि सारिएको हो ।

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो । अब बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्