परिवर्तित व्यवस्थाका मुल्यलाई सहि ढङ्गले आत्मसात गरौं : शक्ति वस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति वस्नेतले परिवर्तित व्यवस्थाका मुल्यलाई सबैले सहि ढङ्गले आत्मसात गर्नुपर्ने बताएका छन् । संघिय संसदको आज आयोजित बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद वस्नेतले परिर्वनको आवश्यकता र मुल्यलाई बोध गर्नुपर्नेमा जोड दिएका हुन् ।

नयाँ संविधान निर्माण र गणतन्त्र स्थापनासँगै नेपाल नयाँ सम्भावना र चुनौतिको बिचमा रहेको वस्नेतले बताए । उनले भने ‘नेपालमा ५० प्रतिशत भन्दा बढि युवा जनसंख्या छ । उन्नत राजनीतिक व्यवस्था छ । देशमा जल जमिन र जंगल लाई प्रयोग गरेर देशलाई सहि गति दिनसक्ने सम्भावना छ ।’सम्भावना रहदा रहदै व्यवस्थाका विरुद्ध चुनौति सृजन गर्ने र संविधानलाई सहि ढङ्गले कार्यान्वयन हुन नदिने प्रवृति देखिने गरेको उनको भनाई थियो ।

उनले देश आर्थिक एंव भुराजनितिक चुनौतिकोबीचमा रहेको बताए । ती राष्ट्रिय चुनौतिको समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाई थियो ।

साथै, सरकाले संसदको अधिक्तम मत प्राप्त गर्नुलाई ती चुनौतिलाई पार लगाउन राष्ट्रिय सहमतिको वातावरण बनेको रुपमा लिनुपर्ने उनले बताए । उक्त जनमतलाई हाइज्याक भएको गठबन्धन फिर्ताको रुपमा वा अहिले बनेको गठबन्धनको विरुद्धको रुपमा लिन नहुने उनको भनाई थियो ।
नेपालको राजनीतिक व्यवस्था उन्नत लोकतान्त्रिक व्यवस्था भएको भन्दै यो व्यवस्थालाई सबैले समृद्ध बनाउन लाग्नुपर्ने सांसद वस्नेतको भनाई थियो ।यो व्यवस्था र प्रणालीलाई उन्नत बनाउन सहि नीति र विधि बनाउनुपर्नेमा उनको जोड थियो ।

राजधानीमा बसेर संघीयताको बोध नहुने भन्दै संघीयता बुझ्न कर्णाली , सुदुरपश्चिम र तराईमा जानुपर्ने सांसद बस्नेतले बताए ।

प्रहरी,निजामती कर्मचारीको समायोजन गरेर संघीयतालाई सहि ढङ्गले कार्यान्वयन गर्नुपर्ने उनले बताए । मौलिक हक कार्यान्वयनका लागि कानुनहरु निर्माण हुन नसक्दा परिर्वतनको मुल्य स्थापित गर्न नसकिएको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्