राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति सापकोटाद्वारा पार्टी पारित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् ।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन् ।
सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताए ।

आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताए ।

सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सापकोटा लामिछानेको विश्वास पात्रका रुपमा चिनिएका थिए ।

कमेन्ट गर्नुहोस्