सम्माननीय प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

काठमाडौं । सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् ।

बुधवार अपरान्ह नारायणहिटीमा रहेको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाहरुको अवलोकन गरेका थिए ।

कमेन्ट गर्नुहोस्