काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १२ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन एक लाख ६ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन पनि तोलामा एक लाख सात हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
.
यस्तै, चाँदी पनि तोलामा २५ रूपैयाँले बढेको छ । स्थानीय बजारमा चाँदी तोलामा १ लाख ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।