काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।