मैदानमा फर्किए सन्दीप लामिछाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने मैदानमा फर्किएका छन् । उनी आजबाट बन्द प्रशिक्षणमा सहभागी हुने भएका हुन् ।

खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीप आजदेखि त्रिवि मैदानमा जारी बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

सन्दीप आजदेखि टिमसँगै होटेलमा बस्ने चौधरीको भनाइ छ ।

बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

कमेन्ट गर्नुहोस्