काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् ।
उनले तत्काल सत्तासमीकरण फेरबदल नहुने बताए । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने बताए।
‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन,’ उनले भने।