माओवादी स्थायी कमिटी बस्दै

काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ ।

यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो ।

हिजोको बैठक अपराह्न ४ बजे बसेको थियो । उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो ।

 

कमेन्ट गर्नुहोस्