काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।
माओवादीको बैठकमा समसामयीक राजनीतिक अवस्था र पार्टीले लिने कदमसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुने बताइएको छ ।