काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
माओवादीका प्रवक्ता कृष्णबहादुर महराले आफूहरू यही माघ २६ गतेदेखि फिल्डमा जाने जानकारी दिए । फिल्डको रिपोर्टिङ गर्ने उनको भनाइ छ ।
यस्तै, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेताहरूसित मात्र नभई कार्यकर्ता, जनस्तरबाट समेत राजनीतिक सुझाव संकलन गरिने बताए । सोअनुसार अघि बढ्ने उनले उल्लेख गरे ।
“दुई महिने अभियानमा तल जाने, सबै फिल्डमा जाने । पार्टीपंक्ति मात्र भेट्ने होइन, पार्टीपंक्तिबाहेक जनता, बाहिर पनि भेटेर त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्ने कुरा भएको छ, उनले भने ।