२४ घण्टामा कोरोनाका नयाँ संक्रमित शून्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छैन । पछिल्लो २४ घण्टामा ३९५ वटा स्वाब नमुनाको परीक्षण गर्दा कोही व्यक्तिमा पनि संक्रमण नदेखिएको हो ।

यो अवधिमा देशभर कोरोनाका कारण मृत्यु पनि कसैको भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ७६ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

कमेन्ट गर्नुहोस्