१२ भाइ पत्रकारले एकपछि अर्को गर्दै खेदे, अब सञ्चार गृह घेर्न आउँछु : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताएका छन् ।लामिछानेले आधारहीन समाचार लेख्ने गरेको भन्दै अब देखि गलत समाचार लेखे सञ्चार गृह घेर्ने घोषणा गरे ।

‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर, अन्नपूर्ण लगायतका संचार गृह घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईँसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् । तपाईँको पत्रिकामा सस्क्राइबर्सहरु होलान् मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार ।’

उनले गलत ढंगले गर्ने कुनै पनि मिडियालाई नमान्ने बताए ।

“अनलाइन, कान्तिपुर, मा सही आएको छ ? ,” उनको आक्रोश थियो, “कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !”

कमेन्ट गर्नुहोस्