दुई संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजना कोरोना संक्रमित थपिएका छन् ।

२२४ वटा नमूना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो । आज एकजना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले पाँच जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्