संघीय संसदमा राष्ट्रपतिको सम्बोधन (फोटोफिचर)

काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवि भण्डारीको सम्बोधन चलिरहेको छ । राष्ट्रपति भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’

राष्ट्रपति भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिएकी छन्। उनले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताएकी छन्।

सरकारका नीति तथा कार्यक्रम सहि ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले नागरिकको सरकारका उदेश्य प्राप्तिमा सहयोग हुने विश्वास व्यक्त गरिन् ।

फोटोफिचर

तस्बिर : प्रदीपराज वन्त (प्रधानमन्त्री सचिवालय)

कमेन्ट गर्नुहोस्