प्रधामन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबी भेटवार्ता जारी छ ।

सोमबार प्रधानमन्त्री प्रचण्ड र विदेश सचिव क्वात्राबीच प्रधानमन्त्री निवास बालुवाटारमा भटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा  सोमबार बिहान नेपाल आइपुगेका हुन् ।

यसअघि उनले परराष्ट्र मन्त्री विमला पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर सँग भेटवार्ता गरिसकेका छन् ।

तीनदिने नेपाल भ्रमणमा रहेका क्वात्राले सोमबार साँझै पशुपतिनाथको दर्शन ‍गरेका थिए ।

कमेन्ट गर्नुहोस्