प्रधानमन्त्री प्रचण्डसँग कोरियाका राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।

कमेन्ट गर्नुहोस्