अनेरास्ववियुको २३ औं महाधिवेशन आजदेखि सुरू

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं महाधिवेशन मंगलबारदेखि सुरू हुने भएको छ ।

काठमाडौंको कमलादीस्थितप्रज्ञा भवनमा सुरु हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ अनेरास्ववियुले २३ औं महाधिवेशन गर्न लागेको हो ।

७ वर्षपछि हुन लागेको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिवमा समिक बडालले दावी गरिरहेका छन् ।

सोही महाधिवेशन बुधबारसम्म चल्ने भएको छ ।

कमेन्ट गर्नुहोस्