ग्यास सिलिन्डर पड्किँदा सांसद भण्डारी घाइते

काठमाडौं । खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं। १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएका हुन् ।

घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको छ । भण्डारी परिवार खाना खाएर सुतिसकेको अवस्थामा विस्फोट भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्