नवनियुक्त तीनजना कुलपतिद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त तीनजना कुलपतिले पद तथा गोपनीयताको शपथ खाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति क्रमशः भुपाल राई, नारदमणि हार्तम्छाली र निशा शर्मालाई बिहीबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त कुलपतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको कला, साहित्य, गीत संगीत तथा संस्कृतिका क्षेत्रमा काम गर्नुपर्ने कार्यभार प्रतिष्ठानको रहेको बताउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

तीनवटै प्रतिष्ठानको सिफारिस समितिको सिफारिसलाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री किराती अक्ष्यक्ष तथा भोगीराज चाम्लिङ र केशवराज सिलवाल रहेको सिफारिस समितिले गरेको सिफारिसमा कुलपति भुपाल राई, उपकुलपति विमल निभा, सदस्य सचिव डा.धनप्रसाद सुवेदी, परिषद् सदस्यमा डा.मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने र त्रैलोक्यमान बनेपालीलाई प्रधानमन्त्री प्रचण्ड नियुक्त गरेका हुन् । यस्तै, प्राज्ञसभा सदस्यमा डा.सूर्यप्रसाद यादव, डा. बालाकृष्ण अधिकारी, धर्मेश पोखरेल, चेतनाथ धमला, शशीराम कार्की, सुमित्रा राई, रामहरि श्रेष्ठ, प्रकाश तिवारी, पञ्चकुमारी दर्जी, नारायणप्रसाद मरासिनी, डा. खेमराज खनाल, दुर्गानारायण ढकाल, जनकराज कापडी रसिक, मुनाराज शेर्मा, डा. कृष्णराज चौधरी, डा.विष्णुकुमार सिञ्जाली, विप्लव ढकाल, नवीन जिरेल, ईश्वर बुढाथोकी, डा. भागवत आचार्य, महानन्द ढकाल, दिलेन्द्र सुब्बा, डा. तारामणि राई र उपेन्द्र सहनी नियुक्त भएका छन् ।

यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नारदमणि हार्तम्छाली कुलपति, लालकाजी लामा उपकुलपति, देवेन्द्र थुम्केली सदस्य सचिवमा नियुक्त भएका छन् । परिषद् सदस्यमा सञ्जय वान्तवा, पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, प्रदीप अधिकारी, दिनेश्वर महतो र अरुणा हिङमाङ नियुक्त भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य नरेन्द्र प्रसाद भण्डारी, लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, वासुदेव श्रेष्ठ, प्रदीप शाक्य, सुन्दर सिंखवाल, निरिमाया लामा, चन्द्रकुमार राई, महेन्द्र सुनार, राधिका कँडेल, अजमत अली, जुपिटर प्रधान र कृष्णप्रसाद शाह रहेका छन् । ललितकला प्रज्ञा प्रतिष्ठानको सिफारिस समितिमा संस्कृतिमन्त्री सुदन किराती अध्यक्ष तथा मानबहादुर दोङ र केशव राज खनाल सदस्य रहेका छन् ।

यसैगरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा निशा शर्मा कुलपति, शम्भु राई उपकुलपति, कुस्मा महरा प्रगति सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यमा कर्णबहादुर गौतम बखतबहादुर हमाल, डक्टर राई, हिसनकुमार मगर, टीका पुन, चेतन सापकोटा रहेका छन् । यस्तै प्राज्ञसभा सदस्यमा राधा राई, पुरु लम्साल, विनितकुमार ठाकुर, सुरथ विष्ट, महेश्वर सुनार, कमलमणि नेपाल, दिलबन्धु यादव, कला राई, शान्ति कठायत, हरिप्रसाद पौडेल, सुरोजकुमार मादेन, टीकाराम राई विष्णु मोक्तान, देवकुमार चौधरी र भिषण मुकारुङ राई रहेका छन् । यस प्रतिष्ठानको सिफारिस समितिमा संस्कृतिमन्त्री सुदन किराती अध्यक्ष तथा डा.गोपाल ठाकुर र राकेश राई रहेका छन् । बिहीबारै तीवटै प्रतिष्ठानका पदाधिकारीले पद तथा गोपनियताको शपथ खाएका छन् ।

कमेन्ट गर्नुहोस्