चोरी तथा डाँका सम्बन्धी कसुरमा ३ जना पक्राउ

काठमाडौं । चोरी तथा डाँका सम्बन्धी कसुरमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी टोलीले मोबाईल ल्याप्टप चोरी तथा चोरीका समान बिक्रि वितरणमा संलग्नहरुलाई पक्राउ गरी मुद्धा चलाएको हो ।

मिति २०७९।१०।२६ गते का.जि.का.म.न.पा.वडा नं. २९ घट्टेकुलो स्थित दिपक भण्डारीले आफ्नो डेराकोठामा ल्यापटप थान २ , मोवाईल थान २ , नगद रु. ७,००० समेत भएको ब्याग डेराकोठामा राखी बाथरुम गएको मौका पारी निराजन महराले उक्त धनमालहरु चोरी गरी भागी फरार भएको प्रहरीमा निवेदन गरेका थिए ।

सोही सुचना अनुसार प्रहरी वृत्त सिंहदरवारबाट प्रहरी अधिकृत सहितको प्रहरी टोली परिचालन गरेको थियो । विभिन्न बिधि तथा प्रविधिको प्रयोग गरी खोजतलास गर्ने क्रममा सामान चोरी तथा बिक्रि वितरणमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

अपराध महाशाखा काठमाडौंका प्रहरी हवल्दार सुरेश सिंह मौनी र सिंहदरबार वृत्तबाट खटिएका प्रहरी जवान अनिल कुमार थापाको टोलिले चोरीमा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान गर्दा चोरीका सामान र बिक्री वितरणमा संलग्न समेत पक्राउ परेका हुन ।

फागुन २ गते निराजन महरालाई पक्राउ गरी अनुसन्धान गर्दा दिपक भण्डारीको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्याटपहरु फेला परेका हुन् । प्रहरीका अनुसार निराजन महराले कोठाबाट सामान चोरी गरी काठमाडौं घट्टेकुलो २९ माईती घर स्थित शिशिर लिम्बुले संचालन गरेको यु।एण्ड।मि। मोवाईल ग्यालरीमा बिक्री गरेका थिए । प्रहरीले निज शिशिर लिम्बुको पसलबाट यसअघि चोरी भएका ल्यापटप थान २ तथा मोवाईल थान १ र ब्याग थान १ फेला पारी बरामद गरेको महानगरिए प्रहरी वृत सिंहदरबारले जनाएको छ ।

बाँकि ल्यापटप सम्बन्धमा निज शिशिर लिम्बुलाई सोधपुछ गर्दा उक्त ल्यापटप थान २ का.जि.न्युरोड स्थित बिनोद पौडेलको पसलमा बिक्री गरेको भनि बताए अनुसार उक्त स्थानमा गई निज बिनोद पौडेलले संचालन गरेको ल्यापटप सर्भिस नेपाल पसलबाट चोरीको ल्यापटप थान २ फेला पारी बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।

उक्त घटनामा संलगन व्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमती प्राप्त गरी प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्