काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान (बिहिबार) प्रधानमन्त्री निवास पुगेका हुन् ।
राष्ट्रपतिका् निर्वाचन नजिकिदै गर्दा बालुवाटारमा दुई नेताबीच नेताद्वयबीच राष्ट्रपति पदको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने धारणा राख्दै आएको छ ।