चन्द्र भण्डारीलाई मुम्बईको बर्न सेन्टर अस्पताल लैजाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी भएको छ ।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी छ ।

स्वास्थ्य मन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको बताए ।

उनका अनुसार अबको एक डेढ घण्टामा प्रक्रिया पूरा गरेर भण्डारीलाई भारत पठाइनेछ ।

गएराति काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा चन्द्र भण्डारी र उनकी आमाको शरीरमा आगो सल्किएको थियो ।
विमानस्थलसम्म लैजान अहिले कीर्तिपुर अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

चन्द्र भण्डारी र आमा हरिकला भण्डारी दुवैको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्