ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा घाइते भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।

अस्पतालले आज बिहान नेपाल बाहिर लगेर सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएको थियो । उक्त सुझाव पछि भारतको मुम्बई लैजाने तयारी भइरहेको थियो ।

गएराति भएको विस्फोटमा उनको ७० प्रतिशत भाग जलेको थियो ।

कमेन्ट गर्नुहोस्