नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगियो

काठमाडौं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा। चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार दिउँसो सवा ३ बजे तिर विमान उडेको छ ।

केही बेर अघिमात्रै कीर्तिपुरबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको हो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो । सोही सिफारिस अनुसार उनलाई भारत लगिएको हो ।


छ जना चिकित्सकको टोली पनि उनीसँगै जाने स्वास्थ्य मन्त्रालयको सचिवालयले जनाएको छ । चिकित्सकको टोलीमा डा. प्रदीप तिवारी, डा. वृहस्पति, डा.प्रदीप शर्मा, डा. रोशन शर्मा, दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन्। हिजो (बुधबार) राति ग्यास विस्फोट हुँदा घाइते भएका नेता डा. भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

कमेन्ट गर्नुहोस्