युग परिवर्तनको महान जनयुद्ध दिवसमा बिदा दिँदा आपत्ति किन ?

श्रीकृष्ण अधिकारी (विवेक)

यस पटक सरकारले जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णयलाई लिएर केही, पुरातनवादी सोच भएका परिवर्तन विरोधी, केही राजावादी र पुराना यथास्थितिवादका पक्षपातीहरू निकै नै अत्तालिएको देखियो। जनयुद्धलाई अपराधीकरण गर्न हात धोएर लाग्नेहरूलाई हाम्रो प्रश्न– नेपाल एकीकरणको प्रक्रियामा रगत बगेको थिएन ? बिना बलिदान युग परिर्वतन सम्भव भएको कतै देख्न पाइएको छ र ? पृथ्वीनारायण शाहले विना युद्ध नै नेपाल एकीकरण सम्भव थियो ?

सम्माननीय प्रधानमन्त्री प्रचण्ड सरकारले पृथ्वीजयन्तीमा बिदा दिइरहँदा गदगद भएर उफ्रँदै गर्दा उता किर्तिपुरका जनताले आ–फ्ना बाउबाजे पुर्खाको नाक कान तासिएका हृदयविदारक घटनाको स्मरण गरेनन् होला र ? मासु जति पनि लुछाचुडी गर्न हुने, रगत देखिन नहुने ? यो कति घटिया एकांकी सोच !

नेपालको युगीन राजनीतिक परिवर्तनको इतिहासमा पृथ्वीनाराउण शाहले नेपाल एकीकरण गरेर एउटा इतिहास रचे । त्यसैगरि माओवादीको नेतृत्वमा नेपालका उत्पीडित, वर्ग, जात, जातिी, क्षेत्र, लिंगका सिमान्तकृत समुदायका जनताको विशाल सहभागिता र समर्थनमा भएको जनयुद्धले युगीन महत्वको अग्रगामी राजनीतिक परिवर्तनको मूल आधार खडा गरेर इतिहास रचेको छ।

हिजो निरंकुश सामन्ती राजतन्त्रात्मक पञ्चायती शासनमा जनतालाई बोल्ने छुट थियो ? आज तपाईंहरू मन्त्रीको कुर्सीमा बसेर गणतन्त्रको खिलापमा जसरी बोलिरहनु भएको छ, तपाईहरूले पूजा गर्ने गरेको निरंकुश अधिनायकत्ववादी होस्, वा बहुदलीय राजतन्त्रात्मक शासन । जो राजा महाराजधिराजको निगाहमा बक्स हुने एकथान संविधान रुपी कागजको खोस्टोमा परिवर्तनकामी जनतालाई त्यसरी बोल्ने छुट हुन्थ्यो ?

सम्माननीय प्रधानमन्त्री प्रचण्ड सरकारले जनयुद्धको जग जनयुद्ध र जनआन्दोलनको समायोजनको बलबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी समानुपातिक राजनीतिक उपलब्धी आर्जन गरी संविधानमा संस्थागत गरेको छ।

यतिठुलो राजनीतिक परिवर्तन ल्याउने प्रमुख आधारभूमि महान जनयुद्ध, जसको यतिधेरै अपमान किन ? २०७ यता भएका कुनैपनि राजनीतिक आन्दलनले यो स्तरको राजनीतिक परिवर्तन ल्याउन सकेको थिएन। भएका ती आन्दोलन कि त तुहाइयो कि आत्मसमपर्ण गराइयो।

जनयुद्धको जगमा मात्र यो उपलब्धी सम्भव भएको हो । यसलाई राष्ट्रिय दिवसका रुपमा बिदा दिँदा आकाश नै खस्यो, धर्ती नै भाँसिएजस्तो गरी तपाईंहरूको बर्बराहटपूर्ण परिवर्तनविरोधी सोच निरंकुश अधिनायकत्ववादी सोच होइन र ?

पृथ्वीनारायण शाहले रक्तपातपूण युद्धद्वारा भौगोलिक रुपमा नेपाललाई एकीकृत गरेर उनी इतिहासमा स्थापित भए। जनयुद्धले नेपालका सबै जातजाति, भाषाभाषी, वर्गाीय, जातीय, क्षेत्रीय, लैङ्गिक तथा सिमान्तकृत वर्गका समुदायलाई गोलवद्ध गर्दै, सामन्ती प्रभुहरूले विभेद र उत्पीडन गरिरहेको नेपालको मध्यकालीन निरंकुश सामान्तवादी राज्य व्यवस्थाको कालो युगलाई परिवर्तन गरेर गणतन्त्रको उज्यालो युगको सुरुवात गरेको हो।

राजनीनितिक परिर्वतनसँगै जनताको आर्थिक र सांस्कृतिक जीवनमा परिवर्तन ल्याउन माओवादी इमान्दार प्रयासमा छ। नेपालको राजनीतिक इतिहासमा यी, दुवै परिघटनाहरू युग बदल्ने ऐतिहासक युगिन महत्वका परिघटनाहरू हुन्। के अमेरिकी स्वतन्त्रता संग्राम शान्तिपूर्ण थियो त ? के बेलायती उपनिवेसविरुद्ध भारत स्वतन्त्रता संग्राममा रगत बगेको थिएन रु रूस, चीन, भियतनाम, क्युवा, कोरियालगायत दुनियाँका दर्जनौँ देशमा युग बदल्ने महत्वका आन्दोलनहरू विनाक्षतिका थिए त ? त्याग र वलिदानविना कतै दुनियाँ बदलिएको इतिहास छ ?

के पृथ्वीनाराउण शाहले चलाएको युद्धभित्र पासविकता र वर्वरताको घटना थिएन ? कांग्रेसले ००७ सालमा हतियार उठाएको होइन रु एमालेले झापा आन्दोलनमा टाउको गिडेर आएको होइन ?

जनयुद्ध सुरु नहुँदै रोल्पा रूकुमलगायत देशका विभिन्न मागमा राजनीतिक आस्था राखेकै आधारमा जनतामाथि पासविक दमन भएको होइन ? रोल्पामा निहत्ता कुमारी बुढा मगरलाई बलत्कार गरेर, संगीनले घोचेर आँखा निकालेर, मट्टितेल खन्याएर जिउँदै तड्पाइ तड्पाइ गरेको हत्या मानवअधिकारको पालना हो त ?

जनताको त्याग, तपस्या र वलिदनको योगदानबाट प्राप्त गणतन्त्र ल्याउनेबाहक शक्ति र नेतृत्वप्रति यतिधेरै विरोध गर्नुको अर्थ जनतालाई रैती, महिलाई यौनदाषी र बच्चा जन्माउने साधन र आदिवासी उत्पीडित वर्ग र क्षेत्रका जनतालाई नोक्कर, चाकरका रूपमा उँचो, निचो र हेपाह दृष्ट्रिबट हेर्ने सामन्ती अहंकारवादी सोच भएकाहरूले जनयुद्ध जनतालाई रैतीबट सार्वभौम नागरिक बनाइदिएको, सामन्ती प्रभुहरूको निगाहबाट खोसेर संविधानको मालिक बनाएको, राज्यका हरेक अंग र तप्कामा उत्पीडित जातजाति, भाषाभाषी, क्षेत्र र लिंगका जनसमुदायहरूको समावेसी समानुपातिक प्रतिनिधित्व भएको, महिला, मधेसी र जनजातिका छोराछोरी प्रधानन्यायाधीश, राष्ट्रपति भएको कसरी सह्य हुन सक्थ्यो र !

युगनायक कमरेड प्रचण्डको कुशल नेतृत्वमा जनयुद्धलाई शान्तिमा बदल्ने काम भयो। जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धीहरू राष्ट्रको साझा सम्पति संविधान हो । जुन सम्पतिमाथि टेकेर तपाईंहरू अधिकार, स्वतन्त्रता उपभोग गरिरहनु भएको छ, त्यसमा माओवादीको रगत र सपिना सिंचित छ ।

जनयुद्धको विरोध गर्नु भनेको जुन थालमा खायो त्यसैमा छेद गर्ने निर्लज्ज घटिया कार्य हो। जनयुद्धमा रगत, पसिना माओवादी समर्थक सुभचिन्तक धेरै बगेको छ। तपाईंहरूको होइन। जनयुद्धको जगमा आजको युगिन राजनीतिक परिवर्तनको उपलब्धीलाई हामीले हाम्रो मात्र भनिरहेका छैनौँ । तपाईहरूले निर्वाद प्रयोग गरिरहनु भएको छ । हामीमा कुनै इर्ष्या र घमण्ड छैन। इतिहासप्रति गर्व छ। विशाल ह्दय, उदारता र लचकता छ। अहिलेको राजनीति उपलब्धी राष्ट्र, जनता र अग्रगामी परिवर्तनका बाहक सबै राजनीतिक पार्टी र नेपाली जनताको साझा सम्पति हो।

यसैमा हामी खुसी र गौरव गर्दछौँ, वर्तमान उपलब्धीको रक्षा र विकास गर्नु राज्य र सरकारको दायित्व हो। सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको छ। सम्माननीय प्रधामन्त्री, श्रद्धय पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेपाल सकारलाई धन्यवाद छ ।

 

 

कमेन्ट गर्नुहोस्