स्कटल्याण्डका लिस्कको शतक, नेपालले पायो २७५ रनको फराकिलो लक्ष्य

काठमाडौं । स्कटल्याण्डका माईकल लिस्कले सानदार शतक प्रहार गरेसँगै नेपालले २ सय ७५ रनको फराकिलो लक्ष्य पाएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको नेपालले २ सय ७५ रनको लक्ष्य प्राप्त गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे । उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो ।

नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए ।

१ सय ११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो ।सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १/१ विकेट लिएका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्