सिंहदरबारका बरण्डाका कर्मचारीलाई पलिकामा पठाउछौ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिंहदरबारका बरण्डामा घुमिरहेका कर्मचारीलाई पालिकाहरुमा खटाउने बताएका छन्  ।

विराटनगर विमानस्थलमा सन्चारकर्मीसङ्ग कुराकानी गर्नुहुदै मन्त्री मोदीले यस्तो बताएका हुन्  ।

“सिंहदरबारका बरण्डा र दरबन्दी नभएका ठाउँमा कर्मचारीहरु के-कति कारणले बसिरहेका छन्, त्यसको कारण खोजेर हामी सवैलाई स्थानीय तहमा पठाउछौ ।” मन्त्री मोदीले भने। हालै बढुवा भएका उपसचिवहरुलाई कसैको कुरा नसुनीकन रिक्त रहेको स्थानीय तहमा खटाएको पनि उनले बताए ।

पहाडी इलाकाको दुर्गम क्षेत्रमा कर्मचारी जान नमानिरहेको बताउदै जनताको सेवाका लागि कर्मचारीलाई अनिवार्य रुपमा खटाउने पनि उनले बताए । मन्त्री मोदीले संसदको जारी अधिवेशनमै संघीय निजामती ऐन ल्याउने तयारी भैरहेको बताए ।

कमेन्ट गर्नुहोस्