काठमाडौं । प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज (शुक्रबार) दिउँसो एमाले अध्यक्ष ओली भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बाल्कोट पुगेका हुन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा दुई नेताहरुबीच भएको भेटलाई चासोपूर्वक हेरिएको छ ।
भेटमा राष्ट्रपति निर्वाचन र समसामयीक राजनीतिकाबारेमा छलफल हुने स्रोतले जानकारी दियो ।