काठमाडौं । नेपालका लागि फ्रान्सिेली राजदूत गिल्स बोरबाओले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेट गरेका छन् ।
राजदूत बोरबाओ प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगि प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् ।
भेटमा नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउन द्विपक्षीय सहयोगका विभिन्न पक्षमा छलफल भएको भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।