सेना दिवस: टुँडिखेलमा युद्ध कला र कवाज प्रदर्शनी देखि विश्व कीर्तिमानसम्म (तस्बिर)

काठमाडौं । नेपाली सेनाले आज विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सैनिक टुँडिखेलमा विशेष कार्यक्रम गर्दै सेनाले दिवस मनाएको हो।

सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भइन् भने प्रधानमन्त्री प्रचण्ड पनि सहभागी थिए । उनी सेनाको परमाधिपति समेत हुन् ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो दिवसका अवसरमा सैनिक मञ्चमा शस्त्राभ्यास, बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम सञ्चालन भए। यस्तै भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले गरिएको थियो ।

जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना भएका छन्। सेना दिवसकै अवसरमा टुँडिखेलमा ५५५ जनाले मादलको प्रस्तुति दिए। सो प्रतुति मार्फत नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।

तस्वीरहरु: 

 

कमेन्ट गर्नुहोस्