काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको उपत्यका बिशेष प्रदेश कमिटीले आयोजना गरेको दुई दिने भ्याली स्पोर्ट्स कप – फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता ६ फागुनदेखि धन्यान्तरी स्पोर्ट्स हबमा जारी छ ।
हिजो देखि सुरु भएको कार्यक्रममा फुट्सलतर्फ १० टोली तथा ब्याडमिन्टनतर्फ ६ टोलीको सहभागिता रहेको छ । कार्यक्रमको अध्यक्षता उपत्यका प्रदेश कमिटीका प्रमुख सिए टीका कार्कीले गरे । कार्यक्रमको प्रमुख अतिथि संघका पूर्व अध्यक्ष भरत रिजाल थिए । उनले प्रादेशिक संरचनामा गएपछि गरेका कार्यक्रमहरूले संघको भूमिकाका साथै सदस्यहरुबीच आत्मित्या बताए ।
त्यस्तै, विशेष अतिथि निवर्तमान अध्यक्ष आनन्द शमाले प्रदेश तथा जिल्ला कमिटीले, उपत्यका प्रदेश कमिटीले जस्तै कार्यक्रमहरु गरेर संघलाई सक्रिय बनाई संघको भूमिका बढाउने गरी काम गर्न अनुरोध गरे । संघका उपाध्यक्ष सुशील घिमिरेले कार्यक्रमको सफलताको कामना गर्दै यस्ता कार्यक्रमले व्यावसायीक दक्षताका साथै आत्मियता थपिने बताए ।
विशेष अतिथि रजिष्टर्ड अडिटर्स एसोसिएनका महासचिव प्रेम श्रेष्ठले सि.ए. तथा आर.ए. मिलेर लेखा व्यवसायको प्रवर्द्धन गर्न जोड दिँदै यस्ता प्रतियोगिताले आपसी सहयोग तथा सम्बन्ध बढाउने बताउँदै प्रदेशको कार्यक्रमको सफलताको शुभकामना दिए ।
प्रदेश प्रमुख टीका कार्कीले यस कार्यक्रमलाई सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद व्यक्त गरे । सम्पूर्ण खेलाडीहरुलाई सौहार्दपूर्ण खेल खेल्न अनुरोध गर्दै उनले प्रतियोगितामा सबैको सक्रितापूर्वक सहभागिताको अपील समेत गरे ।
कार्यक्रमको उदघाटन प्रमुख अतिथि तथा अतिथिहरुलेले गोल पोष्टमा बल प्रह्रार गरेर गरेका थिए ।
त्यस्तै,नेपाल इन्जिनिरिङ्ग एसोसिएनका अध्यक्ष हरि दर्लामीज्युको नेतृत्वमा आएको फुटसल टीम तथा संघको टीमबीच मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । हिजो प्रतियोगिता अन्तर्गतका फुटसल तर्फ १३ खेल तथा ब्याडमिन्टन तर्फ ३ खेल सम्पन्न भएको छ । उक्त कार्यक्रमको करिब ५०० सिएहरुले अवलोकन गरे ।
फागुन ७ गते बिहान ९ बजेदेखि फेरि खेल सञ्चालन हुने संघका रिक्रियस्नल उपसमितिका संयोजक बिबेकराम भण्डारीले बताए । लिग चरणका ७ वटा फुटसल खेल साथै अडानको टिमसँग मैत्रीपूर्ण खेल पश्चात् सेमी फाइनल तथा फाइनल खेल खेलाउने संघका सचिवालय सदस्य प्रकाश ज्ञवालिले बताए ।
उपत्यका विशेष प्रदेश कमिटीले फागुन ५ गते समसामयिक बैंकिङ समस्याका विषयमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमा प्रमुख अतिथि ग्लोबल आईएमई बैंकका सिईया रत्नराज बज्राचार्य, तथा वक्ताको रूपमा नेपाल राष्ट्र बैंकका निर्देशक किरण पण्डित, अर्थविद् डा. विश्वास गौचन, बैंकर अनलराज भट्टराई, तथा सिए अरुण रावत सहभागी भएका थिए । चालू पुँजी निर्देशिका तथा समग्र बैंकिङ तथा अर्थव्यवस्थाको बारेमा छलफल भएको उक्त कार्यक्रममा करिव १२० जना सहभागी भएका थिए।