मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले गृह जिल्लाका विकास आयोजनाहरुको अनुगमन गरेका छन् । सो क्रममा उनले बुढीगंगा र ग्रामथान गाउपालिकाको सिमानामा निर्माणधीन सिंघिया खोला पुलको निरीक्षण गरे ।
आइतबार बिहान निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।
‘यो पुल यहाँको लागि अत्यन्त आवश्यक पुल हो, मैले दुइपटक चुनाव जितिसके तर यो पुल बनेको छैन, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस्’ मन्त्री मोदीले भने ।
सुर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सप्पन्न गर्ने निर्माण कम्पनीका दिपेन्द्र कार्कीले मन्त्री मोदीलाई आश्वासन दिए ।